जनकपुर- जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ।
प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ। सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन्।
बैसाख शुक्ल नवमीका दिन जानकी नवमीको रुपमा मनाइन्छ। राम नवमीको एक महिनापछि सीता नवमी पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।