काठमाडौं– त्रिवि सेवा आयोगका पदाधिकारीले आफन्तलाई परीक्षा दिन लगाइ उत्तीर्ण गराएको प्रति नेविसंघले विरोध गरेको छ।
त्रिविमा भएको विरोध प्रर्दशनमा उत्रेका नेविसंघ त्रिवि इकाइका सचिव योगेन्द्र रावलसहित पाँच जना कार्यकर्तालाई प्रहरिले पक्राउ गरेको छ।
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको विरोधका क्रममा उनीहरूले कुर्ची जलाएका छन्।
त्रिवि सेवा आयोगले निकालेको कर्मचारी भर्नामा पदाधिकारीले आफन्तका नाम छनोट गरेका थिए। आयोगको नियमावलीमा ‘आफ्ना नातागोता वा परिवारका सदस्यले परीक्षा दिने नीति नियम,मर्यादा र परम्पराका हिसाबले सम्बन्धित पदाधिकारी सहभागी हुन मिल्दैन’भनी उल्लेख छ।
आयोगका अध्यक्ष शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्व रजिष्टार चन्द्रमणि पौडेल,अनुगमन शाखाका प्रमुख विष्णु प्रसाद खनाल, पूर्व स्ववियु सभापति हिमाल शर्मा लगायतका आफन्तले परीक्षामा नाम निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।