काठमाडौं– झापाको कनकाई पुलमा शंकास्पद वस्तु राखिएको सूचना समाजिक सञ्जालमा पोष्ट गर्ने एक पत्रकार पक्राउ परेका छन्।
मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए।
कन्काई नगरपालिका माइधारमा शंकास्पद वस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
‘घटनाको विषयमा सोधपुछका लागि राखेका छौं, अहिले सो शंकास्पद वस्तु कसले किन राखेको भन्ने विषय बुझ्दै छौं,’ एसपी केसीले भने, ‘तर कसैलाई गैरकानुनी थुनामा राख्ने काम भएको छैन, अहिले घटनाबारे बुझने क्रममा छौं।'
सोधपुछका क्रममा प्रहरीलाई सहयोग गर्न आफूले सो जानकारी फेसबुकमा सेयर गरेको कुरा श्रेष्ठले बताएको एसपी केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।