काठमाडौं- मलेसियाको बजारमा लोकप्रिय भइसकेको १०० प्लस नामक ड्रिंक (बेभरेज) अब नेपाली बजारमा पनि पाइने भएको छ।
नेपालको सारा ग्रुपले आइसोटनिक ड्रिंक नेपाली बजारमा भित्र्याएको हो। मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादन रहेको यो ड्रिंक मलेसिया, थाइल्यान्ड र सिंगापुर लगायत २० भन्दा बढी देशमा बिक्री हुँदै आएको थियो।
१०० प्लस नामको ड्रिंक सारा ग्रुपका दीपक केसी, मलेसियाका म्यानेजर च्याङग जेसी, ब्रान्ड म्यानेजर वाई यीन र नेपाली राष्ट्रिय फुटबल टिममा खेलाडी किरण चेम्जोङले एक कार्याक्रममाझ सार्वजनिक गरेका हुन्।
सारा ग्रुपले चेम्जोङलाई १०० प्लस ड्रिंकको ब्रान्ड एम्बास्डरसमेत नियुक्ति गरेको छ।
‘नेपाली बजारमा धेरैथरीका बेभरेज भए पनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जिन्छ,' केसीले भने, ‘१०० प्लसको ओरिजनलपछि यसका थप अरु उत्पादन पनि नेपाली बजारमा भित्र्याउने तयारी गरेका छौं।’
नेपाली फुटबलका राष्ट्रिय खेलाडी चेम्जोङले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न बेभरेजको आवश्यकता परे पनि आइसोटनिक १०० प्लस अरुभन्दा उत्कृष्ट भएकाले आफु ब्रान्ड एम्बास्डर बनेको बताए।
यो ड्रिंक १९८३ मा पहिलोपटक मलेसियामा उत्पादन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।