काठमाडौं– ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान- २०७५’ बाट दुई वरिष्ठ सर्जकहरु सम्मानित भएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘भक्तराज आचार्य संगीत प्रतिष्ठान’ले वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरेको हो। भजन शिरोमणि भक्तराज आचार्यले प्रधान र बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगदसहित सम्मान गरेका हुन्।
सम्मानपछि कार्यक्रममा बोल्दै संगीतकार बास्कोटाले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’बाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरे। वरिष्ठ गायक भक्तराज आचार्यसँग धेरै गीतहरुमा सहकार्य गरेको अनुभव सुनाउँदै गर्दा संगीतकार बास्कोटा निकै भावुक बनेका थिए।
त्यस्तै वरिष्ठ गायक प्रधानले सम्मानित हुन पाउँदा खुसी लागेकाे बताउँदै यस प्रकारका सम्मान कार्यक्रमहरुले नयाँ पुस्तामा समेत उर्जा र आत्मबल बढाउन मद्दत गरको जिकिर गरे।
कार्यक्रममा भक्तराजका छोरा तथा गायकद्वय सत्यराज र स्वरुपराज आचार्यले प्रत्यक्षरुपमा पूराना गीतहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।