म्यानचेस्टर– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समूह 'ए' को विजेता बन्दै युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
म्यानचेस्टरले समूह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसकेए मस्कोलाई २–१ ले पराजित गरेको हो। म्यानचेस्टरको जितमा रोमेलु लुकाकुले ६४ र मार्कोस रास्फोडले ६६ मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलमा अग्रता भने मस्कोले ४५ मिनेटमा भितिन्होको गोलबाट लियो।
समूहको अर्को खेलमा स्विस क्लब एफसी बासेलले बेन्फिकालाई २–० ले पराजित गरेर नकआउट चरणमा स्थान पक्का गरेको छ।
समूहमा म्यानचेस्टरले १५ र बासेलले १२ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गरे। ९ अंक जोडेको मस्को बाहिरियो भने बेन्फिका ६ खेलमै पराजित भएर अंकविहीन बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।