लन्डन– स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा एट्लेटिको इंग्लिस क्लब चेल्सीसँग १–१ गोलको बराबरीमा रोकियो।
५६ मिनेटमा साउल निगुइजले गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। तर ७५ मिनेटमा एट्लेटिकोका साभिकले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।
अर्को खेलमा इटालियन क्लब रोमाले क्वाराबागलाई १–० ले पराजित गरेपछि एट्लेटिको समूह चरणबाटै बाहिरिएको हो।
समूह 'सी' मा रहेको रोमा ११ अंकसहित पहिलो र गोल अन्तरमा पछि परेको दोस्रो स्थानको चेल्सीले पनि ११ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गर्यो। ७ अंक जोडेको एट्लेटिको भने बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।