म्युनिख– फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार दोस्रो खेलमा पराजित भएको छ। गत आइतबार फेञ्च लिगमा पराजित भएको पिएसजी मंगलबार च्याम्पियन्स लिगको खेलमा पराजित भएको हो।
समूह 'बी' को खेलमा पिएसजीलाई जर्मन महारथि बार्यन म्युनिखले ३–१ ले पराजित गरेको हो। म्युनिखको जितमा रोबर्ट लेभान्डोवस्कीले नवौं मिनेटमा गोल गर्दा कोरेन्टिन तोलिसोले ३७ र ६९ मिनेटमा गरी २ गोल गरे। पिएसजीका केलियन एमबाप्पेले ५० मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
हारपछि पनि पिएसजी समूहमा विजेता बन्न सफल भयो। पिएसजीलाई पराजित गरेको बार्यन गोलअन्तरमा पछि परेपछि समूह उपविजेतामै सीमित बन्न बाध्य भयो। अर्को चरणमा स्थान पक्का गरिसकेका दुवैले ६ खेलबाट समान १५–१५ अंक जोडे।
समूहमा ३–३ अंक जोडेका सेल्टिक र एन्डरलेचभने यसअघि नै बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।