काठमाडौं– विश्व शर्मा र नमिता भुषालले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको गीतलाई रिकेश गुरुङले ऐरेन्ज गरेका हुन्। एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको गीत सुमधुर छ।
विकि पुलामीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा कुन्चोक शेर्पाको छायांकन र सतिज श्रेष्ठको सम्पादन रहेको छ । म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो। अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ अभनिय गरिसकेका छन् । यी दुईले अभिनय गरेका ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।