बैंकक- थाइल्यान्डको दक्षिणी क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ।
बाढीका कारण करिब ९ लाख मानिस अत्यन्त प्रभावित भएको विपद् रोकथाम तथा नियन्त्रण विभागले जनाएको छ। विभागका महानिर्देशक चायापोल थितिसकले थाइल्यान्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको वर्षाका कारण ९६ लाख १२६ जना प्रभावित भएको जानकारी दिए। उनका अनुसार बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ।
बाढीका कारण ९ प्रान्तका अझै ४ हजार ५९० गाउँ डुबानमा छन् भने बाढीबाट अधिकांश गाउँ राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।