जनकपुर- बाख्रा चराउन गएका दुई बालिकाको रौतहटको बकैया नदीमा डुबेर आज मृत्यु भएको छ।
रौतहटको परोहा नगरपालिका-२, जिगडवाटोल बस्ने शेख सलाउद्धिनकी ८ वर्षीया छोरी नसिवुन खातुन र महमदलाल महमदकी ८ वर्षीया छोरी रश्मी कपुरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाले जनाए।
शनिबार बिहान बाख्रा चराउन गएका ती बालिकाहरुको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। बालिकाको शव नदी किनारमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृत्यु भएका बालिकाको शव परीक्षणपश्चात् परिवारजनलाई बुझाइएको थियो। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।