काबुल- पूर्वी अफगानिस्तानमा अमेरिकी-अफगान फौजले गरेको कारबाहीमा अतिवादी संगठन अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन्।
मंगलबार बिहान भएको कारबाहीमा अल कायदाका दोस्रो श्रेणीका नेता ओमर बिन खताब (ओमर मन्सुर) मारिएको अफगानिस्तानको गुप्तचर एजेन्सीले जनाएको छ। उनी राजधानी काबुलको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको गज्नी प्रान्तको गिलान जिल्लामा मारिएको जनाइएको छ।
सो कारबाहीमा ८० जना विद्रोही मारिएको गुप्तचर एजेन्सीले जानकारी दिएको छ। मारिएका विद्रोही प्रायः अल कायदाका र केही तालिवान लडाकु पनि रहेका छन्। कारबाहीका क्रममा २७ विद्रोहीलाई नियन्त्रणमा लिइएको छ।
राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुसार, सो कारबाही अफगान सैनिक, एडिएसका सदस्य र अमेरिकी सेनाले संयुक्तरुपमा गरेकम थिए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।