धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।
लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्ययनरत ९ वर्षीय सुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत ९ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
आज बिहान करिब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करिब ३ः३० बजेतिर शव भेटिएको थियो।
शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।