एजेन्सी– मेक्सिकोको उत्तर तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। मेक्सिकोको उत्तर पश्चििमी सहर पिज्जियापनलाई केन्द्रविन्दु बनाउँदै ८ म्याग्निच्युडको भूकम्प गएको भूगोल अध्ययन गर्ने संस्था युएस जिओलोजिकल सर्भेले जनाएको छ।
मेक्सिकोमा यसअघि १९९५ र १९८५ मा ८ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पसँगै मेक्सिकोमा सुनामी आउने सम्भावना रहेकाले सजग रहन मेक्सिको सरकारले जनतालाई भनेको छ। मेक्सिकोको सालभेडर, कोस्टारिका होन्डुरस क्षेत्रका जनतालाई सतर्क रहन सरकारले सूचित गरेको हो।
भूकम्पले सयौँ घर ढलेको र मानिसको ज्यान गएको बताइए पनि यकिन तथ्यांक सार्वजनिक नभएको बिबिसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।