काठमाडौं– कोरियोग्राफर, डान्सर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले शुक्रबार साँझ विबाह भोज आयोजना गरे। गत बैसाख २४ गते विवाह बन्धनमा बाँधिएका उनीहरुले पाँचतारे होटल ‘ह्यात’मा आयोजना गरेको भोजमा नेपाली सेलिब्रिटी, नेता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो।
नव–विवाहित जोडीलाई बधाईसँगै भोजमा उपस्थित भएका अधिकांश सेलिब्रिटीहरु आकर्षक ढंगमा उपस्थित थिए।

अभिनेत्री नम्रता श्रेष्ठ, प्रियंका कार्की, दीपाश्री निरौला, शुष्मा कार्की, पूर्व मिस नेपाल मलिना जोशी, माल्भिका सुब्बा, अभिनेता तथा पाइलट विजय लामा, अभिनेता दयाहाङ राई, डिजे लाहुरे लगायतको उपस्थिति थियो।

यस्तै, नेकपाका नेताहरु सुवास नेम्वाङ र योगेश भट्टराई समेत भोजमा देखिएका थिए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।