नयाँ दिल्ली– अभिनेता नवाजुद्दीन सिद्दीकी बलिउड सिने जगत्का तारामध्येकै चहकिलो तारा हुन्। जसको वास्तविक जीवनको कथा नै फिल्मी कहानी जस्तो छ।
नवाजुद्दीन अहिले जुन अवस्थामा छन्, यहाँसम्म अइपुग्न उनको अथक मेहनत छ। आफू अभिनयतर्फ लाग्नुको कारण एक युवती भएको उनले खुलाएका छन्।
'गाउँ कनेक्सन' च्यानलको निलेश मिश्रासँगको अन्तर्वार्तामा नवाजुद्दीनले आफ्नो प्रेमकथाबारे बताए।
.jpg)
गाउँमा एक युवती थिइन्। जसलाई उनी प्रेम गर्दथे। त्यस युवतीसँग उनको कुराकानी चिठीमार्फत हुने गर्थ्यो। उनी चंगामा चिठी बाँधेर युवती बस्ने घरको छतमा खसालिदिन्थे।
युवतीले चिठी पढेपश्चात् दोस्रो चिठीमार्फत जवाफ दिन्थिन्।
तर, आफूले प्रेम गर्ने युवतीसँगको सम्बन्धलाई टिभीले फिक्का बनाइदिएको उनी बताउँछन्।
टिभीले टुटायो नवाजुद्दीनको प्रेम
उनी हरसमय युवतीको पर्खाइमा हुन्थे। उनीसँग कुरा गर्न चाहन्थे। तर, जब उनी बाहिर निस्कन्थिन् नजिकको एउटा घरमा टिभी हेर्न जान्थिन्।
एकदिन नवाजुद्दीनले युवतीलाई बाटोमा रोकेर भने, 'मसँग कुरा त गर!'
त्यस क्षण युवतीले रिसाउँदै भनिन्, 'मलाई टिभी हेर्नुछ। कार्यक्रम आउने समय भइसक्यो।'
त्यस समय नवाजुद्दीनले युवतीलाई जवाफ दिए, 'एक दिन म तिमीलाई टिभीमा आएर देखाउनेछु।'
त्यसको १५ वर्षपछि जब नवाजुद्दीनले पहिलो पटक एउटा टिभी सिरियलमा अभिनय गर्ने मौका पाए, त्यतिबेला उनलाई उही युवतीको याद आयो।
त्यतिबेला उनले आफूले गरेको बाचा सम्झिए।
.jpg)
उनले आफ्नो साथीसँग आफूले मन पराएको तिनै युवतीको खोजी गर्न लगाए। उनले साथीलाई भने, 'उसलाई भनिदिनू कि नवाजुद्दीन टिभीमा आउँदैछ।'
त्यसक्रममा साथीले उनलाई एउटा नमिठो खबर सुनाए, 'उसको एक मौलानासँग बिहे भइसकेको छ। उसलाई अब टिभी त के घरबाट बाहिरसमेत निस्कन दिँदैनन्।
त्यस कुराले नवाजुद्दीनलाई निकै दु:खी तुल्यायो। त्यसबेला उनले उदास हुँदै भने, 'कमसेकम टिभी त हेर्न दिएको भए हुन्थ्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।