काठमाडौं– अजित कुमार दक्षिण भारतकै सुपरस्टार मध्येका एक हुन्।
उनी अभिनित धेरै फिल्महरूले रेकर्ड बनाएका छन्। पछिल्लो समय रिलिज भएको उनको फिल्म 'विश्वासम' ले प्रभास, राणा दग्गुबाती स्टारर राजामौलीको बहुचर्चित फिल्म 'बाहुबली २' को रेकर्ड तोडिदिएको छ।
वास्तवमा, अजितको 'विश्वासम' सन टिभीमा मे १मा प्रसारण गरिएको थियो।
मे १ मा अजितको जन्मदिन पनि हो। 'विश्वासम'मा नयनतारा, जगाती बाबू, थाम्बी रोबोट शंकर र योगी बाबू जस्ता कलाकार देख्न सकिन्छ। रिपोर्टअनुसार मे १ मा मजदुर दिवस भएका कारण दर्शकको वृद्धि भएको थियो।
करिब १ करोड ८० लाखले फिल्म हेरेका थिए। यो ठूलो रेकर्ड हो।
फिल्मको निर्देशन सिरुथाई शिवाले गरेका हुन्। फिल्मले बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो।
फिल्म धेरै सिनेमाघरमा ६ हप्तासम्म हासफूल भई रिलिज भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।