द हेग (डेनमार्क)– डेनमार्कको अदालतले गुणस्तरयुक्त हावाको व्यवस्थापन गर्न सरकारलाई बिहीबार आदेश दिएको छ । युरोपेली मापदण्ड अनुसारको बायुमण्डल बनाउन पनि अदालतले आदेशमा निर्देशन दिएको समाचारमा जनाइएको छ।
जतिसक्दो छिट्टै हावाको गुणस्तर बढाउनेगरी काम गर्न डेनमार्क सरकारलाई अदालतको आदेश छ । युरोपेली विधान डेनमार्कको कानूनसँग पनि सम्बन्धित छ । डेनमार्कमा वायु प्रदुषण बढ्दै गएकाले यस्लाई नियन्त्रण गर्न सरकारलाई जिम्मेबार बनाउनु पर्ने भएको छ ।
कानुनमा पनि वायुलाई गुणस्तर बनाउन जतिसक्दो चाडो योजनाहरु बनाउनै पर्ने बाध्यात्मक व्यवस्था छ । सोही अनुसार डेनमार्क सरकारले वायुको गुणस्तर सुधार्न यसअघि नै एउटा योजना बनाएको थियो । डेनमार्कले राष्ट्रिय वायु गुणस्तर सहयोग कार्यक्रम नै बनाएर सन् २००९ मा लागु गरेको थियो । तर योजना अनुसार काम हुन नसकेको न्यायाधिशहरुले ठहर गरेका छन् । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।