एनआइसी एशिया बैंककाे २८२औं शाखा धनुषाको महेन्द्रनगरमा

नेपाल लाइभ | २०७६ बैशाख २७ शुक्रबार | Friday, May 10, 2019 २१:२३:०० मा प्रकाशित

जनकपुर- धनुषाको महेन्द्रनगरमा एनआइसी एशिया बैंक लिमिटेडको शाखा विस्तार भएको छ।

क्षीरेश्वरनाथ नगरपालिका-५ को मुख्य बजार महेन्द्रनगरमा आज नगर प्रमुख योगेन्द्र पंजियारले एनआइसी एशिया बैंकको २८२औं शाखाको उद्घाटन गरे।

उद्घाटनपश्चात् क्षीनपा प्रमुख पंजियारले बैंकको शाखा विस्तार हुनु खुसीको कुरा रहेको बताउँदै बैंकले किसान, व्यापारी लगायतको लागि सुलभ र सरल हिसाबले ऋण उपलब्ध गराउनु पर्ने र  ब्याजदरमा पनि अरु बैंकको तुलनामा कम ब्याजमा ऋण लगानी गरी सहयोग गर्नुपर्ने सुझाव दिए।

प्रदेश २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरको मुख्यद्धारको रुपमा चिनिने महेन्द्रनगरमा बैंकको शाखा स्थापना भएर स्थानीय, व्यापारी तथा व्यवसायीमा टेवा पुग्नेगरी कार्यसम्पादन गर्ने शाखा प्रबन्धक उज्ज्वल कुमार मिश्राले बताए।

बैंकको समुदघाटन कार्यक्रममा प्रदेश २ प्रमुख प्रादेशिक कार्यालयका प्रकाश चन्द्र अधिकारी, प्रमुख उपप्रादेशिक कार्यालयका मनु प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, स्थानीय व्यापारी‍लगायतको उपस्थिति रहेको थियो।