मार्तडी- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेकाे लु४त ७८१ नम्बरको ट्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा दुर्घटना भएकाे हाे। दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका चालक खगेन्द्र चौधरी र बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका–३ बस्ने प्रकाश शाही रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। घाइतेको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।