नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा पनि आराम दिइएको छ। कोहलीलाई यसअघि एकदिवसीय सिरिजमा पनि आराम दिइएको थियो। कोहलीले भारतीय क्रिकेट नियन्त्रण बोर्डसँग विदा मागेपछि एकदिवसीय र टी–२० सिरिजमा आराम दिइएको हो।
तीन खेलको एकदिवसीय सिरिज १० डिसेम्बरदेखि सुरु हुँदैछ भने टी–२० सिरिज २० डिसेम्बरदेखि हुने तय छ।
विराटको अनुपस्थितमा एकदिवसीय तथा टी–२० सिरिजमा रोहित शर्माले भारतीय टिमको कप्तानी गर्नेछन्।
श्रीलंका विरुद्को टी–२० टिममा अलराउन्डर वासिङटन सुन्दरलाई पहिलो पटक स्थान दिइएको छ।
यता दक्षिण अफ्रिकाविरुद्ध खेलका लागि घोषणा गरिएको टेस्ट खेलमा तीब्र गतिका बलर जसप्रित बुमराहलाई पहिलो पटक स्थान पाएका छन्। दक्षिण अफ्रिकासँग भने विराटले नै भारतीय टिमको कप्तानी गर्नेछन्। सिरिज जनावरीको पहिलो साता केप टाउनमा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।