काठमाडौं– साफ यू–१५ गल्स च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय नेपाली टिम सोमबार घोषणा गरेको हो।
प्रतियोगिता पुस २ देखि बंगलादेशमा हुँदैछ। नेपालले पहिलो खेलमा पुस २ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पुस ४ मा भारत र पुस ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारत समावेश छन्।
नेपाली टिम- करिना दाहाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, सुस्मा राई, सुरक्षा सिंह, सरस्वती हमाल, प्रिति राई, अस्मिता चौधरी, मुना मगर, निकिता थोकर, सविता रानामगर, सुस्मा जिटी, अन्जली चन्द, अस्तिता रंपाल, निकिता धमाल, सुप्रिया राजक, रिया बानु, अस्मिता गुरुङ ।
प्रमुख प्रशिक्षक - गंगा गुरुङ
प्रशिक्षक पारस - चौधरी
गोलकिपर प्रशिक्षक - विनोद महर्जन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।