सोल- उत्तर कोरियाले लामो दुरीमा प्रक्षेपण गर्न सक्ने मिसाइलको परीक्षण अभ्यास बिहीबारबाट सुरु गरेको छ।
लङ रेन्ज स्ट्रिक ड्रिल नाम दिइएको नयाँ डिजाइनको उक्त २ ब्यालेस्टिक मिसाइलको परीक्षण अभ्यास गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
बिहीबार अभ्यासको रुपमा उत्तर कोरियाको कम्युनिस्ट राज्यको पूर्वी सामुद्रिक क्षेत्रमा दुई मिसाइल प्रक्षेपण गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै कोरिया टाइम्सले पनि उल्लेख गरेको छ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले लामो दुरीको मिसाइल अभ्यासका सम्बन्धमा अध्ययन र परीक्षण गर्न निर्देशन दिएको उत्तर कोरियाबाट प्रकाशित हुने कमान्ड पोस्टलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले जनाएको छ।
अहिले परीक्षणको रुपमा ल्याइएका मिसाइलहरु सेल्फ डिफेन्सको रुपमा महत्वपूर्ण रहने उत्तर कोरियाको भनाइ छ। यी मिसाइलहरुमा रक्षा एकाइहरुको गतिको मापन गरी तत्काल प्रतिक्रिया जनाउन सक्ने प्रविधि जडान गरिएको छ।
योसँगै उत्तर कोरियाले पछिल्लो ५ दिनको अन्तरमा ३ वटा मिसाइल परीक्षण गरेको छ।
कोरियाली समाचार एजेन्सी केसीएनएले उक्त लामो दुरीको अभ्यासका विषयमा विस्तृतमा उल्लेख गरेको छैन। तर मिसाइल बोकेका दुई विमान कम्युनिस्ट राज्यको उत्तर पश्चिम क्षेत्रबाट क्रमश; ४ सय २० किलोमिटर र २ सय ७० किलोमिटरको दुरीसम्म पूर्वी समुद्रमा पुगेको दक्षिण कोरियाको सेनाले बताएको छ।
उत्तर कोरियाले बिहीबार प्रक्षेपण गरेको गरेको उक्त ब्यालेस्टिक मिसाइल प्रतिघन्टा ३ सय किमीको दुरीमा रहेको अमेरिकाले पनि पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।