• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'न्याय, समानता र समाज परिवर्तनका लागि आन्दोलनरत छु'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १७:५८
1140x725

मदनकुमारी शाह (गरिमा) कैलाली-१ बाट चुनावी प्रतिस्पर्धामा छिन्। उनी ०६४ सालको निर्वाचनमा यही क्षेत्रबाट पराजित र ०७० सालमा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यसपटक उनी पुनः वाम गठबन्धनबाट प्रत्यक्षतर्फकै उम्मेदवार बनेकी हुन्। उनका चुनावी एजेन्डा र भावी योजनालाई लिएर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

२०६४ सालको चुनावमा पराजित हुनुभयो। तर ०७० मा समानुपातिक तर्फबाट सभासद हुनुभयो। यसपटक पुनः प्रत्यक्षतर्फ नै प्रतिस्पर्धामा उत्रिनुभएको छ। किन?
०७० सालको संविधानसभामा समानुपातिकबाटै भए पनि मैले प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ। संविधान निर्माण प्रक्रियामा मैले पनि सक्रिय भूमिका निर्वाह गरेँ। त्यो संविधानमा उल्लेख भएका राजनीतिक अधिकारहरुलाई व्यावहारिक रुपमा लागू गर्नका लागि धेरै कानुन निर्माण गर्नुपर्नेछ। म त्यो अभियानमा सामेल हुन चाहन्छु। त्यस्तै, यसअघि सांसदको भूमिकामा रहँदा मैले केही कामहरुको सुरुवात गरेको थिएँ, तीमध्ये केही अधुरा र केही प्रक्रियामा छन्। त्यसलाई पूरा गर्न चाहन्छु। स्थिर सरकार बनाएर मुलुकलाई विकासको गतिमा लैजाने वाम गठबन्धनको लक्ष्य छ। त्यसमा पनि सहभागी बन्नुछ। न्याय, समानता र समाज परिवर्तनको लागि मैले हिजोदेखि नै आन्दोलन गरेको हुँ र आज पनि आन्दोलनरत नै छु। अहिले आन्दोलनका स्वरुप परिवर्तन भएका छन्। त्यसलाई जारी राख्ने मेरो इच्छा छ।

प्रक्रियामा रहेका कामहरु पूरा गर्नुपर्नेछ भन्नुभयो। ती कामहरु केके हुन्?
म नेपालको संस्कृति झल्कने खालको नेपाल जातीय संग्रहालय बनाउन लागेको छु। त्यो निर्माणाधीन छ। मलाई लाग्छ, सबैभन्दा छिटो आर्थिक गतिविधि ल्याउन सक्ने क्षेत्र भनेको पर्यटन हो। ७ नम्बर प्रदेशमा पर्यटनको गुरुयोजना बनाउन चाहन्छु। यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार र प्रवर्द्धन गर्न चाहन्छु। त्यसका लागि मैले काम  पनि प्रारम्भ गरिसकेको छु। आर्थिक गतिविधि बढाउनका लागि ठूल्ठूला सडक आवश्यक पर्छ। त्यसका लागि पनि बहस र छलफललाई अगाडि बढाइरहेको छु।

Ncell 2
Ncell 2

निकै कम महिलाहरुले मात्रै प्रत्यक्षतर्फको टिकट पाएको बेलामा तपाईंले टिकट पाउन कसरी सम्भव भयो?
०७० सालमा म सांसद भएपछि संविधान र विकास निर्माण अनि पार्टीको संगठन विस्तारमा मैले खेलेको नेतृत्वदायी भूमिकालाई ख्याल गरेर पार्टीले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सक्षम र योग्य छ भनेर चयन गरेको हो। यसका लागि म मानसिक रुपले पनि तयार थिएँ। मैले यो अवसर दिनुपर्छ भनेर पनि माग गरेको थिएँ। र, अन्ततः पार्टीले मलाई यो अवसर पनि प्रदान गर्‍यो।

यसपटक तपाईंको चुनावी एजेन्डाहरु केके छन्?
मुख्यत: यो क्षेत्रमा आर्थिक विकास गर्ने र आर्थिक गतिविधिको केन्द्र बनाउने नै हो। यहाँ व्यापारिक नाका बनाउने हो। त्यसका लागि छोटी भन्सारको स्तरोन्तति गर्ने, खक्रौला–टीकापुर–लम्कीको सडकलाई चार लेनको बनाउने लगायतका सडक निर्माणका कामहरु छन्। तल्लो कर्णालीमा १० हजार मेगावाटको आयोजना निर्माण गर्ने भन्ने छलफल र प्रारम्भिक कार्यक्रम भएका छन्। यसैलाई तीव्रता दिन पहल गर्ने भन्ने योजना छ। यी लगायत केही ठूला योजनाहरु पनि छन्।

त्यस्तै, दैनिक आधारभूत आवश्यकता छन्। जस्तै, कृषि, बाटोघाटो, पुल निर्माण, स्वास्थ्य केन्द्र, विद्यालयको स्तरोन्नतति, महिलाहरुलाई आयआर्जन र स्वआर्जनका लागि तालिम दिने, युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासन बनाउने, राष्ट्रप्रति प्रतिबद्ध बनाउने, राष्ट्रिय भावना जगाउने र त्यसका लागि प्रत्येक वडामा एउटा खेल मैदान बनाउने योजना छ। र, मैले यी काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको छु।

कैलालीका महिलाहरुको जीवनस्तर उकास्नका लागि केके गर्नुहुन्छ?
सांसद हुँदा मैले यहाँ धेरै तालिमहरु सञ्चालन गरेको थिएँ। हाम्रा जुन परम्परागत सिपहरु छन्, त्यसलाई ‘प्रमोशन’ गर्नुपर्छ भन्ने मेरो मान्यता छ। मैले भनेको छु, म निर्वाचित भएर गएँ भने मेरा दिदीबहिनीले बुनेका ढकियाहरु बेचेर पैसा कमाउने वातावरण निर्माण गर्छु। कुचोहरु बेचेर, बारीमा फलाएका तरकारीहरु बिक्री गरेर पैसा कमाउने वातावरण निर्माण गर्छु। यस्तै कृषि क्षेत्रमा रोजगार र स्वरोजगार बनाएर पैसा कमाउने वातावरण बनाउनारे पनि मसँग योजनाहरु छन्।

मतदातालाई केही भन्न चाहनुहुन्छ?
यो समाजमा हामीले साँच्चिकै आर्थिक र सामाजिक विकास गर्ने हो भने हामीले सामाजिक सद्भाव र एकता निर्माण गर्दै यो राष्ट्र निर्माण गर्नुपर्छ। त्यसका लागि आर्थिक समृद्धि आवश्यक छ। त्यो काम बलियो र स्थिर सरकारले मात्रै गर्न सक्छ। त्यो वाम गठबन्धनले मात्रै दिन सक्छ। त्यसका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराइदिन अनुरोध छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्