काठमाडौं– आगामी पुस पहिलो साता हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) का लागि ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट गरेको छ।
गत कार्तिक महिनाको २४ गते र २८ गते गरेर दुई चरणमा ट्यालेन्ट हन्टमा १०५ जना खेलाडीको सहभागिता रहेको थियो । जसबाट ३१ उत्कृष्टलाई छनोट गरिएको थियो।
दोस्रो चरणमा सहभागी ३१ जनाबाट ललितपुरले ४ जना खेलाडीलाई छनोट गरेको हो। छनोट भएका खेलाडीमा मध्यम गतिका बलर प्रतिश जिसि, अलराउन्डर सुमित झा, स्पिनर विपिन आचार्य र विकेटकिपर ब्याट्सम्यान रित गौतम छन्।
छनोट भएका ४ जना खेलाडी मंसिर २६ गते देखि टिमका अन्य खेलाडीहरुसँग क्याम्पमा बस्ने छन्।क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले अन्तिम टिममा छानिने ललितपुर पेट्रियट्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।