• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बाइडवडी भ्रष्टाचार : बयान लिँदै अख्तियार, बेवास्ता गर्दै सरकार

64x64
दुर्गा दुलाल शुक्रबार, वैशाख २७, २०७६  ०६:००
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगमको बाइडवडी जहाज खरिदमा भएको अनियमितता सम्बन्धी विषय सेलाएको छ। कुनै समय संसद्‍देखि अख्तियार र सञ्चारमाध्यमको हेडलाइन बन्ने यो विषयको चर्चा अहिले कम भएको छ। 

वाइडबडी भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको बताएको छ।

अख्तियारले निगमका तत्कालीन जिम्मेवार पदाधिकारीहरुलाई बयानसमेत लिइसकेको छ। तर पूर्वमन्त्रीहरुको बयान लिन भने अख्तियारले सकेको छैन। 

स्रोतका अनुसार अख्तियारले उक्त विमान खरिदको निर्णय गर्ने प्रत्यक्ष रुपमा संलग्न निगमका कर्मचारीलाई मात्र बयान गराउने तयारी गरेको थियो। सोही अनुसार अहिले काम भइरहेको छ।  

अख्तियारले बाइडवडीका लागि छुट्टै अनुसन्धान अधिकारी तोकेर जिम्मेवारीसमेत सुम्पेको छ।

वाइडबडी खरिदको मूल्य र कम्पनीका विषयमा प्रष्ट तथ्य खुल्न नसकेपछि कम्पनीहरुका नाममा सार्वजनिक सूचना समेत अख्तियारले जारी गरिसकेको छ। 

वाइडबडी प्रकरणमा अनुसन्धान भइरहेको तर विस्तृत बताउन नमिल्ने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले नेपाल लाइभसमक्ष बताए। 

सूचना निकालेको कुरा सत्य भएको बताएका उनले बयान र अन्य अनुसन्धान चलिरहेको दाबी गरेका छन्। 'अनुसन्धान समाप्त भएलगत्तै यो प्रकरण प्रमाणअनुसार विशेष अदालतमा मुद्दा दर्ता हुनेछ,' उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

संसद्‍को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३१ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको थियो।

बुधबार संघीय संसद्‍को अन्तराष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले पनि वाइडबडी खरिदमा अनियमितता भएको ठहर गरेको छ। सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा रहेको समितिले बुझाएको प्रतिवेदनमा राज्यको रकमसमेत जोखिममा परेको दाबी गरेको छ। 

बाइडवडी प्रकरणमा निगमका पदाधिकारीहरुले बदनियत राख्दै गलत कम्पनीसँग खरिद गरेको निष्कर्ष निकालेको  थियो। 
 
काँग्रेस सांसद राजन केसीको संयोजकत्वमा गठित  संसद्को लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन समितिमा बुझाइसकेको छ। समितिले उक्त प्रकरणमा संलग्न भएको भनी केही मन्त्री र सचिवहरुको नाम समेत किटान गरेपछि विवाद भएको थियो।

उपसमितिले खरिद प्रक्रियामा संलग्न नेपाल वायुसेवा निगमका कर्मचारीलाई निलम्बन गरेर कारबाही थाल्न निर्देशन दिन भनेको थियो। तर लेखा समितिमा विवाद भएपछि उक्त निर्देशन कार्यान्वयन हुन सकेको छैन। 

उपसमितिले एयरबसको विमान गरिद गर्दा ६५ प्रतिशत छुट पाइने भएपनि मिलोमतोमा ५५ प्रतिशत मात्र लिएको प्रतिवेदनमा उल्लेख गरेको थियो। 

नाम मात्रको सरकारी छानबिन समिति
लेखा समितिको उपसमितिले प्रतिवेदन बुझाएपछि सरकारको आलोचनामा ह्वात्तै बढ्यो। सरकारलाई समितिले केही व्यक्तिलाई निलम्बन गर्न र केहीलाई कारबाही गर्न भनेको थियो। 

समितिको प्रतिवेदनपछि सरकारले यति ठुलो रकम भ्रष्टाचार हुँदा पनि केही नगरेको भनी आलोचना भइरहेको छ। 

सरकारले गत पुस १९ गते वाइडबडीमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई अस्वीकार गर्दै तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको थियो। 

प्रतिनिधिसभाको सार्वजनिक लेखाको उपसमितिले बहालवाला पर्यटनमन्त्रीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेपछि सरकारले न्यायिक छानबिन समिति गठन गरेको थियो। 
 
उपसमितिको प्रतिवेदन अस्वीकार गरेको सरकारले  पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय छुट्टै छानबिन समिति बनाएको थियो। 

‘जाँचबुझ आयोग ऐनको दफा ३(२) अनुसार नेपाल एयरलाइन्सको खरिद गरिएका दुईवटा वाइडबडी एयरबस विमान ३३०-२०० का विषयमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्नू’ भनी जिम्मेवारी दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका थिए।

उक्त समितिमा पूर्व नायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेको दाबी गरिएको थियो। 

तर त्यसको ४५ दिनसम्म उक्त समितिका सदस्यहरुलाई सरकारले न नियुक्तिपत्र दियो न कार्यालय नै।

सरकारले ४०औँ दिनमा मात्र सो समितिका एक सदस्य पाठकलाई उक्त छानबिन समितिमा बस्न सामान्य जिज्ञासा राखेको थियो।

उनले आफू व्यस्त रहेको बताएसँगै यो छानबिनको प्रकरण सरकारका लागि समाप्त भएजस्तै देखिन्छ। 

मन्त्रिपरिषदबाट गरिएको निर्णय यसरी पहिलो पटक अलपत्र हुँदै खारेजीका अवस्थामा पुगेको हो।

छानबिन समिति गठन भएर प्रतिवेदन गोप्य राख्ने पुरानै चलन भएपनि यस पटक भने काम नै सुरु नगरी समाप्त पारिएको हो।

यतिबेला न संसद्‍मा यो विषय प्रभावकारी रुपमा उठेको छ, न त संचारमाध्यममा उल्लेख्य कभरेज पाएको छ। तर यो प्रकरण गुमनाम नै भइहालेको भने छैन।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्