काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन्।
विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा सुवास आचार्यले बताए। उनका अनुसार अस्पताल पुर्याइएका ११ जनाको उपचार भइरहेको छ। त्यसमध्ये एक जनाको रक्तनली फुटेका कारण शल्यक्रियाका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ। अन्यको आकस्मिक कक्षमा उपचार भइरहेको छ। विस्फोटमा परी थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।
सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।