• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'संख्याकै बलमा संविधान संशोधन नभए सडक संघर्षको विकल्प छैन'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १०:४४
1140x725

संविधान संशोधनको माग गर्दै मधेसी मोर्चा आन्दोलनमा उत्रिइरहँदा सरकारसँगको वार्ता प्रक्रियामा एक जना क्रियाशील नेता थिए, केशवकुमार झा। मधेस मुद्दाको सैद्धान्तिक र व्यावहारिक पक्षलाई विभिन्न माध्यमबाट अन्य समुदायसम्म पुर्‍याउन पनि उनको सक्रियता थियो। राजपाका महासचिव समेत रहेका झा प्रदेश २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार हुन्। चुनावी अभियान र अनुभवका विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानीः

एउटा उखान छ- ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’, यो चुनाव तपाईंहरुको निम्ति त्यस्तै भएको हो कि होइन?
त्यस्तो भएको छैन। अहिलेसम्म हाम्रो अवस्था राम्रो छ। सुरुमा हामीले जति अपेक्षा गरेका थियौं, अहिले झन् बढी राम्रो स्थिति हुँदै गएको छ। यसले हामीलाई झन् बढी आशावादी बनाउँदै लगेको छ। त्यसैले तपाईंले भनेको जस्तो उखान हामीमा आकर्षित हुँदैन।

संविधान संशोधनको माग राखेर लामो समय मधेसमा आन्दोलन भयो। यो चुनावले संविधान संशोधनलाई कसरी सुनिश्चित गर्छ?
अब त्यसका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ। संविधान संशोधनमार्फत हाम्रा मागहरु पूरा गराउनका लागि संसदमा दुई तिहाइ चाहिन्छ। त्यसका लागि विभिन्न दलहरुसँग गठबन्धन बनाएर जानुको विकल्प छैन। हामी त्यसका पहल पनि गर्छौं। हामीले यो कुरा ख्याल गरेर चुनाव अघि नै लोकतान्त्रिक गठबन्धन बनाउन खोजेका थियौं। तर त्यो सफल भएन। त्यसो त, चुनावपछि अहिलेका गठबन्धनमा पनि फेरबदल आउन सक्छ। त्यतिबेला नयाँनयाँ गठबन्धन बन्न सक्छ। हामीले पनि के विश्वास गरेका छौं भने, २०७० सालको भन्दा यसपटक हाम्रो पनि राम्रो स्थिति बन्नेछ। अर्कोतर्फ परिवर्तनकारी शक्ति पनि बलियो बनेर आउँछ र संविधान संशोधनको हाम्रो माग पूरा हुनेछ।

त्यसो भए, अब तपाईंहरु संसदबाहिरको संघर्षभन्दा पनि संसदभित्रकै लोकतान्त्रिक संघर्षमा केन्द्रित हुनुहुन्छ?
हो। हाम्रो मुख्य पहल त त्यही नै हुनेछ। अर्को कुरा, संख्याकै बलमा संविधान संशोधन नहुने भयो भने हामीसँग सडक संघर्षको विकल्प हुँदैन। तर, अहिलेको चुनावमा सबै दलहरुको गणितीय अवस्था कस्तो बन्छ, त्यसपछि संघर्षका विभिन्न पक्षमाथि हामी छलफल गर्छौं।

तपाईं किन समानुपातिक तर्फको उम्मेदवार हुनुभएको? त्यो पनि प्रदेशसभाको?
६ वटा पार्टी मिलाएर हामीले राजपा बनायौं। सबै पार्टीभित्र आफ्नै नेता तथा कार्यकर्ता थिए र उनीहरुले आशा पनि गरेका थिए। ६ वटा पार्टी रहेका भए ६ जना नै उम्मेदवार हुने स्थितिमा अहिले एउटा मात्रै भएका छन्। त्यस्तै, फोरमसँगको तालमेलमा झन् आधामा झर्यो। यस्तो अवस्थामा धेरै साथीहरुको चित्त बुझाउनुपर्ने हामीलाई बाध्यता पनि थियो। मैले चुनाव लड्छु नै भनेर दाबी गरेको भए पाउँथेँ। तर तालमेलमा त्यसले प्रतिकूल असर पार्न सक्थ्यो। त्यसैले मधेसी जनतको भावना अनुसार तालमेल भएको बेला म बाधक बन्न चाहिनँ। त्यसैले म समानुपातिकतिर परेँ।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्रीको दौडमा पनि हुनुहुन्छ कि?
छैन। मैले अहिले नै मनमा त्यसखालको इच्छा राखेर बसेको छैन। प्रदेशसभाको सांसद हुने सबैले मुख्य मन्त्रीको दाबी गर्न सक्छन्। म पनि सांसद भएँ र पार्टीले विश्वास गरेर अवसर दियो भने अरुले गर्ने कामभन्दा राम्रो काम गरेर देखाउन सक्छु भन्ने चाहिँ विश्वास छ। तर अहिले नै मुख्य मन्त्री बन्नेबारे चाहिँ सोचेको छैन। अवसर नै आएछ भने जिम्मेवारी सम्हाल्न तयार छु। 

चुनावको सिलसिलामा गाउँगाउँ घुमिरहनुभएको छ। जनताको अपेक्षा के पाउनुभएको छ?
जनतामा उत्साह छ। यसअघि मधेसकेन्द्रित राजनीति गरिरहेका दलहरु विभाजित थिए। र, जनताले यी सबै दलहरु एकै भएर आउन् भन्ने चाहना राखेका थिए। जुन वातावरण यसपटक मिलेको छ। जनताकै भावना अनुसार हामीले मधेसवादी दलबाट एक जना मात्रै उम्मेदवार बनाएको हुनाले जनतामा उत्साह बढेको हो। हामी जहाँ जाँदा पनि जनताले स्वागत गरिरहेका छन्। कुनै पनि गाउँमा जाँदा त्यो गाउँभरिका मानिसले र्‍यालीमा सहभागिता जनाएर हामीलाई हौसला दिइरहेका छन्। यसले हामीलाई पनि खुसी थपेको छ।

जनताको मुख्य माग चाहिँ के छ?
मधेसका धेरै जना सहिद भइसकेकाले मुख्य मागको रुपमा रहेको संविधान संशोधन जसरी पनि गराउनुपर्छ भन्ने जनताको मुख्य ध्यान छ। जनताले दिएको बलिदानी खेर नजाओस्, त्यसका लागि तपाईंहरुलाई जिताएर बलियो बनाएर पठाउँछौं भनिरहेका छन्। यसपटक हाम्रो अधिकार सुरक्षित गर्नुपर्छ भन्नेमा उनीहरुको चासो छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्कोतर्फ, विकासका कुरामा पनि चासो देखिन्छ। विशेषगरी बाटोघाटोकै कुरा बढी उठ्छन्। स्कुल, कलेज, खानेपानी, विद्युत, खेलमैदान, मठमन्दिर र मस्जिद निर्माणका कुरा पनि आउँछ। केही ठाउँमा बडो संवेदनशील तरिकाले वैदेशिक रोजगारमा गएका युवाहरुलाई हाम्रै भूमिका काम गरेर खाने वातावरण बनाउन आग्रह गर्छन्। कतिपय ठाउँमा हामी प्रचार गरिरहेकै बेला वैदेशिक रोजगारीमा गएकाहरुको लास पनि आएको थियो। उनीहरुले पीडा र चिन्ता व्यक्त गर्नु अनि त्यसबाट मुक्तिको चाहना राख्नु स्वभाविकै हो। हामी पनि यसबारे निकै गम्भीर भएका छौं। घोषणापत्रमा पनि लेखेका छौं। र, हाम्रा युवाहरुलाई यहीँ कसरी रोजगारी दिलाउन सकिन्छ भन्नेमा सोचिरहेका छौं।

मधेसका जिल्लामा मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। यस्तो अवस्थामा मधेसकेन्द्रित राजनीति गरिरहनुभएका तपाईंहरुको गठबन्धनलाई मत दिनुपर्ने कारण के?
मधेसमा त्रिपक्षीय प्रतिस्पर्धा छैन। एकाध ठाउँलाई छाड्ने हो भने कांग्रेस र हामीबीच नै प्रतिस्पर्धा देखिन्छ। जनताको प्रतिक्रिया हेर्दाखेरि हाम्रो अवस्था नै बलियो देखिन्छ। दुई नम्बर प्रदेशमा त हामी निकै बलियो छौं। निकै थोरै ठाउँमा मात्रै वामपन्थी गठबन्धनसँग प्रतिस्पर्धा हुने देखिन्छ।

हामीलाई मत दिनुपर्ने केही कारण छ। मधेसको हकअधिकारको कुरा संविधानमा लेखाउन विगतको निर्वाचनमा हामीलाई मत दिएका थिए। त्यसमा हामीले सकेजति प्रयास गर्यौं। संघर्ष गर्यौं। दुनियाँकै सबैभन्दा लामो शान्तिपूर्ण आन्दोलन गर्यौं। मलाई लाग्छ, जनता हामीबाट प्रभावित छौं। हामी सत्तातिर पनि आकर्षित नभईकन, दायाँबायाँ नभईकन, मुद्दामा कुनै किसिमका सम्झौता नगरीकन हामी लडिरह्यौं। यसले जनतालाई हामीप्रति विश्वास दिलाएको छ। उत्साह पनि छ। र, हामीलाई नै मत दिन्छन् भन्ने विश्वास पनि लिएका छौं।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्