• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'संख्याकै बलमा संविधान संशोधन नभए सडक संघर्षको विकल्प छैन'

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १०:४४
1140x725

संविधान संशोधनको माग गर्दै मधेसी मोर्चा आन्दोलनमा उत्रिइरहँदा सरकारसँगको वार्ता प्रक्रियामा एक जना क्रियाशील नेता थिए, केशवकुमार झा। मधेस मुद्दाको सैद्धान्तिक र व्यावहारिक पक्षलाई विभिन्न माध्यमबाट अन्य समुदायसम्म पुर्‍याउन पनि उनको सक्रियता थियो। राजपाका महासचिव समेत रहेका झा प्रदेश २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार हुन्। चुनावी अभियान र अनुभवका विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानीः

एउटा उखान छ- ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’, यो चुनाव तपाईंहरुको निम्ति त्यस्तै भएको हो कि होइन?
त्यस्तो भएको छैन। अहिलेसम्म हाम्रो अवस्था राम्रो छ। सुरुमा हामीले जति अपेक्षा गरेका थियौं, अहिले झन् बढी राम्रो स्थिति हुँदै गएको छ। यसले हामीलाई झन् बढी आशावादी बनाउँदै लगेको छ। त्यसैले तपाईंले भनेको जस्तो उखान हामीमा आकर्षित हुँदैन।

संविधान संशोधनको माग राखेर लामो समय मधेसमा आन्दोलन भयो। यो चुनावले संविधान संशोधनलाई कसरी सुनिश्चित गर्छ?
अब त्यसका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ। संविधान संशोधनमार्फत हाम्रा मागहरु पूरा गराउनका लागि संसदमा दुई तिहाइ चाहिन्छ। त्यसका लागि विभिन्न दलहरुसँग गठबन्धन बनाएर जानुको विकल्प छैन। हामी त्यसका पहल पनि गर्छौं। हामीले यो कुरा ख्याल गरेर चुनाव अघि नै लोकतान्त्रिक गठबन्धन बनाउन खोजेका थियौं। तर त्यो सफल भएन। त्यसो त, चुनावपछि अहिलेका गठबन्धनमा पनि फेरबदल आउन सक्छ। त्यतिबेला नयाँनयाँ गठबन्धन बन्न सक्छ। हामीले पनि के विश्वास गरेका छौं भने, २०७० सालको भन्दा यसपटक हाम्रो पनि राम्रो स्थिति बन्नेछ। अर्कोतर्फ परिवर्तनकारी शक्ति पनि बलियो बनेर आउँछ र संविधान संशोधनको हाम्रो माग पूरा हुनेछ।

त्यसो भए, अब तपाईंहरु संसदबाहिरको संघर्षभन्दा पनि संसदभित्रकै लोकतान्त्रिक संघर्षमा केन्द्रित हुनुहुन्छ?
हो। हाम्रो मुख्य पहल त त्यही नै हुनेछ। अर्को कुरा, संख्याकै बलमा संविधान संशोधन नहुने भयो भने हामीसँग सडक संघर्षको विकल्प हुँदैन। तर, अहिलेको चुनावमा सबै दलहरुको गणितीय अवस्था कस्तो बन्छ, त्यसपछि संघर्षका विभिन्न पक्षमाथि हामी छलफल गर्छौं।

तपाईं किन समानुपातिक तर्फको उम्मेदवार हुनुभएको? त्यो पनि प्रदेशसभाको?
६ वटा पार्टी मिलाएर हामीले राजपा बनायौं। सबै पार्टीभित्र आफ्नै नेता तथा कार्यकर्ता थिए र उनीहरुले आशा पनि गरेका थिए। ६ वटा पार्टी रहेका भए ६ जना नै उम्मेदवार हुने स्थितिमा अहिले एउटा मात्रै भएका छन्। त्यस्तै, फोरमसँगको तालमेलमा झन् आधामा झर्यो। यस्तो अवस्थामा धेरै साथीहरुको चित्त बुझाउनुपर्ने हामीलाई बाध्यता पनि थियो। मैले चुनाव लड्छु नै भनेर दाबी गरेको भए पाउँथेँ। तर तालमेलमा त्यसले प्रतिकूल असर पार्न सक्थ्यो। त्यसैले मधेसी जनतको भावना अनुसार तालमेल भएको बेला म बाधक बन्न चाहिनँ। त्यसैले म समानुपातिकतिर परेँ।

Ncell 2
Ncell 2

मुख्यमन्त्रीको दौडमा पनि हुनुहुन्छ कि?
छैन। मैले अहिले नै मनमा त्यसखालको इच्छा राखेर बसेको छैन। प्रदेशसभाको सांसद हुने सबैले मुख्य मन्त्रीको दाबी गर्न सक्छन्। म पनि सांसद भएँ र पार्टीले विश्वास गरेर अवसर दियो भने अरुले गर्ने कामभन्दा राम्रो काम गरेर देखाउन सक्छु भन्ने चाहिँ विश्वास छ। तर अहिले नै मुख्य मन्त्री बन्नेबारे चाहिँ सोचेको छैन। अवसर नै आएछ भने जिम्मेवारी सम्हाल्न तयार छु। 

चुनावको सिलसिलामा गाउँगाउँ घुमिरहनुभएको छ। जनताको अपेक्षा के पाउनुभएको छ?
जनतामा उत्साह छ। यसअघि मधेसकेन्द्रित राजनीति गरिरहेका दलहरु विभाजित थिए। र, जनताले यी सबै दलहरु एकै भएर आउन् भन्ने चाहना राखेका थिए। जुन वातावरण यसपटक मिलेको छ। जनताकै भावना अनुसार हामीले मधेसवादी दलबाट एक जना मात्रै उम्मेदवार बनाएको हुनाले जनतामा उत्साह बढेको हो। हामी जहाँ जाँदा पनि जनताले स्वागत गरिरहेका छन्। कुनै पनि गाउँमा जाँदा त्यो गाउँभरिका मानिसले र्‍यालीमा सहभागिता जनाएर हामीलाई हौसला दिइरहेका छन्। यसले हामीलाई पनि खुसी थपेको छ।

जनताको मुख्य माग चाहिँ के छ?
मधेसका धेरै जना सहिद भइसकेकाले मुख्य मागको रुपमा रहेको संविधान संशोधन जसरी पनि गराउनुपर्छ भन्ने जनताको मुख्य ध्यान छ। जनताले दिएको बलिदानी खेर नजाओस्, त्यसका लागि तपाईंहरुलाई जिताएर बलियो बनाएर पठाउँछौं भनिरहेका छन्। यसपटक हाम्रो अधिकार सुरक्षित गर्नुपर्छ भन्नेमा उनीहरुको चासो छ।

अर्कोतर्फ, विकासका कुरामा पनि चासो देखिन्छ। विशेषगरी बाटोघाटोकै कुरा बढी उठ्छन्। स्कुल, कलेज, खानेपानी, विद्युत, खेलमैदान, मठमन्दिर र मस्जिद निर्माणका कुरा पनि आउँछ। केही ठाउँमा बडो संवेदनशील तरिकाले वैदेशिक रोजगारमा गएका युवाहरुलाई हाम्रै भूमिका काम गरेर खाने वातावरण बनाउन आग्रह गर्छन्। कतिपय ठाउँमा हामी प्रचार गरिरहेकै बेला वैदेशिक रोजगारीमा गएकाहरुको लास पनि आएको थियो। उनीहरुले पीडा र चिन्ता व्यक्त गर्नु अनि त्यसबाट मुक्तिको चाहना राख्नु स्वभाविकै हो। हामी पनि यसबारे निकै गम्भीर भएका छौं। घोषणापत्रमा पनि लेखेका छौं। र, हाम्रा युवाहरुलाई यहीँ कसरी रोजगारी दिलाउन सकिन्छ भन्नेमा सोचिरहेका छौं।

मधेसका जिल्लामा मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। यस्तो अवस्थामा मधेसकेन्द्रित राजनीति गरिरहनुभएका तपाईंहरुको गठबन्धनलाई मत दिनुपर्ने कारण के?
मधेसमा त्रिपक्षीय प्रतिस्पर्धा छैन। एकाध ठाउँलाई छाड्ने हो भने कांग्रेस र हामीबीच नै प्रतिस्पर्धा देखिन्छ। जनताको प्रतिक्रिया हेर्दाखेरि हाम्रो अवस्था नै बलियो देखिन्छ। दुई नम्बर प्रदेशमा त हामी निकै बलियो छौं। निकै थोरै ठाउँमा मात्रै वामपन्थी गठबन्धनसँग प्रतिस्पर्धा हुने देखिन्छ।

हामीलाई मत दिनुपर्ने केही कारण छ। मधेसको हकअधिकारको कुरा संविधानमा लेखाउन विगतको निर्वाचनमा हामीलाई मत दिएका थिए। त्यसमा हामीले सकेजति प्रयास गर्यौं। संघर्ष गर्यौं। दुनियाँकै सबैभन्दा लामो शान्तिपूर्ण आन्दोलन गर्यौं। मलाई लाग्छ, जनता हामीबाट प्रभावित छौं। हामी सत्तातिर पनि आकर्षित नभईकन, दायाँबायाँ नभईकन, मुद्दामा कुनै किसिमका सम्झौता नगरीकन हामी लडिरह्यौं। यसले जनतालाई हामीप्रति विश्वास दिलाएको छ। उत्साह पनि छ। र, हामीलाई नै मत दिन्छन् भन्ने विश्वास पनि लिएका छौं।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्