म्याड्रिड– स्पेनिस ला लिगामा १० खेलाडीमा सीमित गेटाफेले भ्यालेन्सियालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा गेटाफले भ्यालेन्सियामाथि १–० गोलको जित निकालेको हो।
६६ मिनेटमा मार्केल बेर्गानाले गोल गरेर गेटाफेलाई जित दिलाएका हुन्। मुर्नको अराम्बारी दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि खेलको २५ मिनेटदेखि गेटाफे १० खेलाडीमा सीमित बनेको थियो।
लिगको दोस्रो स्थानमा रहेको भ्यालेन्सिया पराजित भएपछि शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ। शनिबार बराबरीमा रोकिएको बार्सिलोनाको १४ खेलबाट ३६ अंक छ भने दोस्रो स्थानको भ्यालेन्सियाको ३१ अंक छ। ३० अंक सहित एट्लेटिको म्याड्रिड तेस्रो र २८ अंक जोडेको रियल म्याड्रिड चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।