मिलान– इटालियन सिरि एमा बेनेभेन्तोले पहिलो अंक जोडेको छ। सिजनमा लगातार १४ खेलमा पराजित भएर युरोपियन फुटबलमा खराब इतिहास बनाएको बेनेभेन्तोले १५ औं खेलमा एसी मिनालसँग २–२ गोलको बराबरी खेल्दै अंक जोडेको हो।
एक अंक जोड्ने क्रममा बेनेभेन्तोका लागि गोलकिपरले अन्तिम सेकेन्डमा गोल गरेका थिए। खेलमा २–१ ले पछि परेको बेनेभेन्तोका गोलकिपर अल्बर्टो ब्रिग्नोलीले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा बराबरी गोल गरेका थिए। युभेन्टसबाट लोनमा बेनेभेन्तोमा आबद्ध उनले डानिलो काटल्डीको फ्रिकिकमा हेडमार्फत गोल गरेर खेललाई २–२ को बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा उनी आफ्नो गोलपोस्ट छाडेर मैदानमै उत्रिएका थिए।
लिगको अर्को खेलमा इन्टर मिलानले चिइभोलाई ५–० ले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको छ। इन्टरले लिगमा १५ खेलबाट ३९ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको ३८ तथा तेस्रो स्थानको युभेन्टसको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।