म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरामगन गरेको खेलमा वेस्ट ह्याम युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले १–० गोलले पछि परेको स्थित उल्टाउँदै जित निकालेको हो। खेलको ४४ मिनेटमा एन्जेलो ओग्बोनाले गोल गरेर वेस्ट ह्यामलाई अग्रता दिलाए। ५७ मिनेटमा निकोलास ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए। ८३ मिनेटमा डेभिड सिल्भाले अर्को गोल गरेपछि सिटी २–१ ले अघि बढ्यो। सिल्भाले केभिन डे ब्रुइनको पासमा गोल गरेका हुन्।
सिटीले लिगमा लगातार १३ खेलमा जित निकाल्दै प्रिमियर लिगमा लगातार जित निकाल्ने रेकर्डसँग बराबरी गरेको छ। यसअघि आर्सनलले सन् २००१–२००२ तथा चेल्सीले गत सिजन लगातार १३ खेलमा जित निकालेर रेकर्ड बनाएको थियो।
सिटीले प्रिमियर लिगमा लगातार १३ खेलमा जित निकालेको यो पहिलो पटक हो।
जितपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले ८ अंकको अग्रता लिएको छ। शीर्ष स्थानको सिटीको १५ खेलबाट ४३ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ अंक छ। तेस्रो स्थानको चेल्सीको ३२, चौथो स्थानको लिभरपुलको २९ र पाँचौ स्थानको आर्सनलको २८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।