• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौचन हत्या प्रकरणः कुमार घैंटेमार्फत चिनजान, घैंटेकै कारण हत्या 

64x64
नेपाल लाइभ आइतबार, मंसिर १७, २०७४  २०:४९
1140x725

काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार उनकै चिनजानको व्यक्ति भएको खुलेको छ। पुरानो लेनदेन विवाद र ठेक्काको कमिसन विवादमा उनको हत्या भएको आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सार्वजनिक गरेको छ। 

हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतले व्यवसायी गौचनलाई करिब पाँच वर्षअघि गुन्डा नाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठमार्फत चिनेका थिए। घैंटेका सबैभन्दा विश्वासिला साझेदार थिए समिरमान। ठेक्कापट्टामा भने गौचनसँग घैंटेको साझेदारी थियो। त्यही क्रममा घैंटेले नै समिरलाई गौचनसँग चिनजान गराएका थिए। दुईबीचको कारोबार पनि समिरलाई थाहा थियो। 

३ भदौ २०७२ मा कुमार प्रहरी मुठभेडमा कपुरधारास्थित घरै अगाडि मारिए। त्यस घटना लगत्तै समिरले काठमाडौं छाडे। प्रहरीले खोजी गरेको थाहा पाएपछि भारत भागेका उनलाई ठेक्कापट्टामा कमिसन खाने ‘लत’ लागिसकेको थियो। 

गौचन निर्माण व्यवसायी महासंघका अध्यक्ष थिए। अधिकांश ठूला ठेक्कापट्टामा उनको संलग्नता हुन्थ्यो। उनीसँग प्रशस्त सम्पत्ति रहेको समिरलाई जानकारी थियो। त्यसकारण उनलाई धम्क्याएर उनी पैसा हात पार्न चाहन्थे।

‘डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको भन्ने कुरा छ’, सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै समिरमानले त्यो पैसा फिर्ता दिन गौचनलाई धम्क्याएका थिए।’ 

सोही घटनाबाट दुईबीच दुश्मनी बढ्दै गयो। पछि हुलाकी राजमार्गको ठेक्काको २ प्रतशित कमिसन पनि माग्दै उनले गौचनलाई धम्क्याएका थिए। हुलाकी राजमार्गको २ प्रतिशत कमिसन करिब २२ करोड रुपैयाँ थियो। 

गौचनले पैसा नदिने बताएपछि समिरको समूहले उनको हत्या गरेको प्रहरी निष्कर्ष छ । गौचन र समिरबीच पैसाको विषयमा चरम विवाद भएको सिआइबीले जनाएको छ। 

‘सायद घैंटेमार्फत चिनजान नभएको भए समिरको निशानामा गौचन पर्ने थिएनन्’, अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘चिनजानको व्यक्ति भएको र घर पनि थाहा भएकाले उनीहरुले गौचनलाई निशाना बनाएको हुनसक्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

गत २३ असोजमा घरबाट निस्किएर कार्यालय जाने क्रममा राजधानीको शान्तिनगरमा गौचनको हत्या भएको थियो। समिरलाई सिआइबीले शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। प्रहरीले चितवनबाट पक्राउ गरेको बताए पनि भारतबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ। घटनामा संलग्न सुटरसहित सात जना यसअघि नै पक्राउ परिसकेका छन्। 

मनोज चर्चित भएपछि छुट्टिएका थिए समिर

गत वर्ष पुस ४ गते बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या मनोज पुनकै समूहले गरेको प्रहरी दाबी थियो। तर, उक्त हत्याका प्रमुख योजनाकार समिर नै भएको सिआइबीले जनाएको छ। 

हत्यापछि समिरले घटनाको जिम्मेवारी लिएका थिए। त्यसबेला मनोज र समिर एउटै समूहमा थिए। कुमार घैंटे प्रहरी ‘इन्कान्टर’ मा मारिएपछि भागेका समिर र बुटवलमा मोस्ट वान्टेड भएपछि भारत पसेका मनोजबीच दोस्ती जमेको थियो। प्रहरीको ‘हिटलिस्ट’ मा भएकाले तत्काल नेपाल फर्कन सक्ने सम्भावना नभएपछि उनीहरुले भारतमै बसेर आपराधिक योजना अघि बढाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुलाई कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमकै शैलीमा पैसा कमाउने रहर थियो। त्यसपछि ठ्याक्कै दाउदकै शैली अपनाए। भूमिगत बस्ने, फोन प्रयोग नगर्ने र धम्क्याउँदै हुन्डीमार्फत पैसा असुल्ने उनीहरुको योजना थियो। त्यसको सुरुवात दुर्गा तिवारीको हत्याबाट गरेका थिए। 

तिवारीसँग मनोजको दुश्मनी पनि भएकाले पहिलो निशानामा उनी परेको प्रहरी अधिकारीहरु बताउँछन्। तर, त्यो हत्याको प्रमुख उद्देश्य रिस–इबी मात्र भन्दा पनि पैसा असुल्नु थियो। हत्या लगत्तै मनोजले बुटवलका व्यवसायीहरुलाई धम्क्याएर पैसा असुलेका थिए। 

त्यही पैसाको विषयलाई लिएर समिर र मनोजबीच विवाद सुरु भयो। व्यापारीहरुबाट असुलेको धेरै पैसा मनोजले मागेपछि समिर र लोप्साङ लामा छुट्टिएका हुन्। अर्काेतर्फ तिवारी हत्यापछि मनोज मात्र चर्चित भएपछि समिरले त्यसमा पनि असन्तुष्ट थिए। आफूभन्दा ‘जुनियर केटो’ चर्चित भएकोमा असन्तुष्ट भई समिरले नयाँ समूह सुरु गरेका थिए। 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अडियो बयानमा समिरले भनेका छन्, ‘दावा लामाको यो गोलीकाण्ड र गौचनको हत्याकाण्ड मेरो योजनामा बनेको हो। फिल्डमा खटिने सबै चिज लोप्साङ लामाले गरेको हो, मनोज पुन चाहिँ दुर्गा तिवारी काण्डपछि नै अलग्गिसकेको हो, हामीसँग छैन ऊ।’  

छुट्टिएपछिको निशानामा दावा 

उनीहरु छुट्टिएपछि समिर र लोप्साङ एकातर्फ भए भने मनोज पुन र सोम घले अर्काे समूहमा बसे। दुवैले आ–आफ्नो समूह विस्तार गर्दै धम्की र असुलीमा लागे। 

समिरको समूहले पहिलो निशाना काभ्रेली समूहका गुन्डा नाइके दावा लामालाई बनाए। गत वर्ष २९ चैतमा जिम जाने बेलामा दावालाई चावहिल गौरीघाटको दिव्य पार्टी प्यालेसमा गोली हाने। तीन राउन्ड गोली लागेका दावा बाँच्न सफल भए। 

हत्याकै उद्देश्यले उनीहरुले पेटमा तीन राउन्ड गोली हानेका थिए। तर, गोलीले संवेदनशील अंग नछेडेको र हड्डीमा पनि नलागेकाले उनी हाल उपचारपछि सामान्य अवस्थामा छन्। दावालाई सो समूहका अम्बरबहादुर राना मगरले गोली हानेका हुन्। उनी सेनाका भगौडा हुन्। 

दावालाई गोली हाने लगत्तै लोप्साङले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए। व्यक्तिगत दुश्मनीकै कारण उनीहरुले दावाको हत्या प्रत्यास गरेका थिए। अर्काेतर्फ दावाले पनि व्यापारीहरुलाई धम्क्याउँदै आएकाले समिर समूहले गुन्डागर्दीमा एकछत्र राज गर्ने योजनाका साथ आक्रमण गरेको प्रहरी अधिकारीहरु बताउँछन्। 

दावापछि उनीहरुले दोस्रो निशाना शरद गौचनलाई बनाएका हुन्। करिब एक महिनाको निगरानीपछि गौचनको हत्या भएको थियो। उनीहरुले कतिसम्म योजना बनाएका थिए भने, एउटा पेस्तोलले काम नगरे अर्काेबाट गोली हान्ने भन्दै दुई वटा पेस्तोल बोकेका थिए। गौचन हत्यामा दुई वटा पेस्तोल प्रयोग भएको छानबिन समितिका संयोजक डिआइजी गणेश केसी बताउँछन्। 

गौचन हत्यामा पनि उनीहरुको व्यक्तिगत रिस–इबीबाहेक फिरौती असुली पनि प्रमुख कारण थियो। हत्या लगत्तै अन्य ठेकेदार र सुन व्यापारीहरुलाई धम्क्याएर पैसा असुल्न थालिसकेका थिए। व्यापारीहरु आतंकित भइसकेका थिए। उनीहरुले करोडौं पैसा उठाइसकेको समेत स्रोत बताउँछ। 

समिर पक्राउ परेपछि व्यापारीहरुलाई केही राहत त भएको छ, तर सो समूहका अन्य व्यक्तिहरु फरारै रहेकाले उनीहरुले समेत धम्की र असुलीको धन्दा कामयै राख्न सक्ने सम्भावना कायमै छ। सिआईबीका निर्देशक डिआइजी कार्की भने आफूहरु यस्ता किमिसका संगठित समूहलाई ध्वस्त बनाउने बताउँछन्। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्