काठमाडौ– भारतीय काग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई सर्वोच्च अदालतले दोहोरो नागरिकता विवादमा सफाइ दिने फैसला सुनाएको छ। लोकसभा निर्वाचनको मुखमा सर्वोच्च अदालतले गान्धी विरुद्ध दायर भएको उजुरी खारेज हुने फैसला सुनाएको हो ।
सुनुबाईको समयमा अदातले निवेदनकर्तालाई गान्धीको नागरिकता विवाद सोध्ने तपाईको सरोकार के हो भनि प्रश्न सोधेको थियो । उजुरीकर्ताले आफू भारतीय नागरिक भएकोले गान्धीपनि भारतीय नागरिक भएको उनी प्रधानमन्त्रीको दौडमा भएकाले जवाफ दिएका थिए ।
उनले सामाजिक कार्यमा र राजनीतिमा लागेका गान्धीको बेलायतको नागरिकता समेत रहेको दावी गरेका थिए । उनले राहुल गान्धीलाई लोकसभा निर्वाचनमा उम्मेदबार हुन अयोग्य भएको आदेश जारी हुनुपर्ने माग गरेका थिए । तर सर्वोच्चले उनको निवेदनलाई पहिलो सुनुवाई मै खारेज हुने फैसला सुनाएको छ । निवेदनकले वेलायतको एक कम्पनीले आफ्नो दस्तावेजमा राधुल गान्धीको ब्रिटिस पासपोर्ट भएको दावी गरेको जिकीर गरेका थिए । सर्वोच्चले ती निवेदकसँग देशको प्रधानमन्त्री बन्ने इच्छा कसलाई छैन भन्ने प्रश्न सोध्दै निवेदन खारेज हुने फैसला सुनाएका थिए ।
कुनै विदेशी कम्पनीले दावी गरेकै भरमा कसैलाई पनि दोषी ठहर गर्न नमिल्ने अदालतको तर्क थियो । यसअघि भारतिय जनता पार्टी (भाजपा)ले पनि गान्धी बेलायतको नागरिक भएको आरोप लगाएको थियो । यस प्रकरणमा गृह मन्त्रालयले गान्धीलाई नोटिस समेत पठाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।