नयाँ दिल्ली– भारत र श्रीलंकाबीच दिल्लीको फिरोज शाह कोटला रंगशालामा जारी तेस्रो टेस्टको दोस्रो दिन अनौठो दृष्य देखिएको छ।
श्रीलंकन खेलाडीहरुले दोस्रो दिन भारतले ब्याटिङ गरिरहदा मास्क लगाएर मैदान उत्रिएका छन्। प्रदुषीत तुवाँलोका कारण श्रीलंकन खेलाडीले मास्क लगाएका हुन्।
दिल्लीमा प्रदुषीत तुवाँलो बढेपछि केहीबेर खेल समेत रोकिएको थियो। प्रदुषित तुवाँलोबाट बच्न श्रीलंकन खेलाडीले अम्पाएरसँग मास्क लगाउने अनुमति मागेका थिए। अम्पाएरले अनुमति दिएपछि श्रीलंकन खेलाडी मास्क लगाएर मैदान उत्रिएका थिए।

भारतको राजधानी दिल्ली विश्वकै प्रदुषीत शहर मध्ये एक हो। यसअघि गत नोभेम्बरमा वायु प्रदुषणका विद्यालयहरु बन्द गरिएका थिए।
दिल्लीमा जारी खेलमा भारतले ७ विकेटको क्षतिमा ५ सय ३६ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेपछि श्रीलंकाले अहिले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।