रसुवा– रसुवाको सदरमुकाम धुन्चेस्थित एक किराना पसलमा आगलागी भएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेस्थित किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको हो।
शनिबार राति करिब १० बजेतिर उर्बेन तामाङको घरमा सपना बिकले चलाउँदै आएको किराना पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो। आगलागीबाट पसलमा राखिएका सबै सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। आगलागीबाट करिब १ लाख ५० हजार मूल्य बराबरको सामान जलेको बताइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आधा घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।