म्याड्रिड– स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड फेरि बराबरीमा रोकिएको छ। रियललाई एथ्लेटिको बिल्बाओले बराबरीमा रोकेको हो।
रियल पछिल्ला तीन खेलमा दोस्रो पटक बराबरीमा राकिएको हो। लिगमा चौथो पटक बराबरीमा रोकिएको खेलमा रियलका सर्जियो रामोसले रातो कार्ड पाएका थिए। ८६ मिनेटमा रामोसले दोस्रो पटक पहेँलो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित बनेको थियो।
लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको छ। सेभिल्लाले डिपोर्टिभो लाकुरुनालाई २–० ले हराएको छ। लिगमा १४ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रो स्थानको भ्यालेन्सियको ३१, तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३० र चौथो स्थानको रियल म्याड्रिडको २८ अंक छ। पाँचौ स्थानको सेभिल्लाले पनि २८ अंक नै बटुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।