काठमाडौं- राजधानीको बालाजुमा १५ किलो सुनसहित शनिबार साँझ एक युवक पक्राउ परेका छन्।
प्रकाउ पर्नेमा रसुवाका फुलसिंह तमाङ रहेको प्रहरीले जनाएको छ। रसुवाबाट मोटरसाइकलमा काठमाडौं आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा तामाङको साथबाट १५ किलोभन्दा बढी सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए।
त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।