लन्डन– इंग्लिस प्रिमियर लिगमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै न्युकासल युनाइटेडलाई पराजित गरेको छ। शनिबार भएको खेलमा चेल्सीले न्युकासललाई ३–१ ले पराजित गरेको हो।
खेलको १२ मिनेटमा राइट गेलले गोल गरेर न्युकासललाई अग्रता दिलाए। ८ मिनेटपछि चेल्सीले बराबरी गोल फर्कायो। इडिन हर्जाडले २० मिनेटमा फोर्लान लेजेउनको पासमा बराबरी गोल गरेका हुन्।
३३ मिनेटमा चेल्सीले खेलमा अग्रता लियो। अल्भारो मोराटाले भिक्टर मोसेसको क्रसलाई सदुपयोग गरेर बललाई जाली चुमाए।
७४ मिनेटमा चेल्सीले अग्रता ३–१ मा पुर्यायो। हजार्डले पेनाल्टीमा चेल्सीका लागि तेस्रो गोल गरे।
जितपछि अंक तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले १५ खेलबाट ३२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ३२ अंक नै छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।