बार्सिलोना– स्पेनिस ला लिगाको शीर्षमा स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई शनिबार भएको खेलमा सेल्टा भिगोले २–२ गोलको बराबरीमा रोकेको हो
खेलमा अग्रता सेल्टा भिगोले खेलको २० मिनेटमा लियो। इयागो आसपासले सिक्स यार्डबाट रिबाउन्डमा गोल गरेर सेल्टा भिगोलाई अग्रता दिलाए। बार्सिलोनाले २ मिनेटमै बराबरीमा गोल फर्काउन सफल भयो। लिओनल मेसीले पाउलिन्होले उपलब्ध गराएको पासमा बराबरी गोल गरे।
६२ मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लियो। सुइस सुआरेजले मेसीको पासमा गोल गरे। ७० मिनेटमा सेल्टी भिगोले दोस्रो गोल गरेपछि खेल दोस्रो पटक बराबरीमा आयो। सेल्टा भिगोका गोमेज गोन्जालेजले गोल गरेर बार्सिलोनाको घरेलु मैदानमा खुसी मनाए।
बराबरीपछि लिगको पहिलो स्थानको बार्सिलोनाले १४ खेलमा ३६ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको भ्यालेन्सियाको ३१ अंक छ। रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड समान २७–२७ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।