



बेजिङ– चिनियाँ वायुसेनाले कोरियाली प्रायद्धीपमा सैनिक अभ्यास सुरु गरेको छ। उसले समुद्रबाट हुने आक्रमणलाई रोक्न अभ्यास सुरु गरेको चिनियाँ सरकारी मिडियाले जानकारी दिएको छ।
आइतबार मात्र उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको थियो। जसको अमेरिका, संयुक्त राष्ट्र सुरक्षा परिषद र विश्वका थुपै्र राष्ट्रले कडा प्रतिक्रिया जनाएका छन्। अन्य देशको तुलनामा चीन र उत्तर कोरियाबीच घनिष्ट सम्बन्ध छ। तर, दुई कोरियाली राष्ट्र दक्षिण र उत्तरबीच कटुतापूर्ण सम्बन्ध छ।
उत्तरले हाइड्रोजन बम परीक्षण गरेपछि दक्षिण कोरियाले सम्भावित मिसाइल हमलालाई रोक्न आफ्नो सीमानजिक अमेरिकी थाड मिसाइल तयारी अवस्थामा राखेको छ। यसको चीनले विरोध गर्दै आइरहेको छ। बेइजिङले दक्षिण कोरियाले सीमामा तैनाथ गरेको अमेरिकी मिसाइलमा विशेष राडार रहेको र यसको मद्धतले आफ्नो देशभित्र जासुसी गर्न लागेको भन्दै आपत्ति जनाएको हो।
चीनको रक्षामन्त्रायको वेभसाइटका अनुसार समुन्द्री सीमामा गरिएको अभ्यासमा युद्ध विमानलाई ध्वसं गर्न सक्ने बटालियनले भाग लिएका थिए। बोहाई समुन्द्रको नजिक गरिएको अभ्यासमा युद्धसँग सम्बन्धित विभिन्न उपकरणको प्रयोग गरिएको थियो। मन्त्रालयले यसलाई नियमित अभ्यास भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।