काठमाडौं- नेकपा एमालेले पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य इलाम–१ का उम्मेदवार झलनाथ खनाललाई लक्षित गरी बम प्रहार भएकामा निन्दा गरेको छ।
निर्वाचन प्रचारका क्रममा रहेका नेता खनाललाई शुक्रबार इलाम सूर्योदय नगरपालिका–३ तीनखुट्टेमा आक्रमण गरिएकामा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले शनिबार विज्ञप्ति जारी गरी निन्दा गरेको हो ।
कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा विभिन्न नेता र उम्मेदवारमाथि हमलाको शृंखला बढ्नुले सुरक्षामा प्रश्न उत्पन्न भएको जनाउँदै सुरक्षा प्रत्याभूतिको माग गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।