भीमदत्तनगर- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभामा सेती–महाकालीमा कांग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गरेका छन्।
बेलौरी, झलारी र भीमदत्तगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गरे।
'पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो', उनले भने, 'यी दुई ठूला परियोजना बने प्रदेश नम्बर ७ मुलुककै धनी प्रदेश बन्छ।'
महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट गर्दै देउवाले सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गर्ने बताए।
चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उनले असन्तुष्टि व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।