पोखरा– वाम गठबन्धनका तर्फबाट कास्की २ का उम्मेदवार रहेका नेकपा एमालेका नेता रवीन्द्र अधिकारीेले अब बाम गठबन्धनले कछुवा गतिमा नभइ फटाफट हिँड्ने सरकार बनाउने दाबी गरेका छन्।
शनिबार पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत वडा नम्बर २० भलाममा आयोजित कोण सभामा सम्बोधन गर्दै अधिकारीले देशमा अस्थिरता हुँदा विकाशले गति लिन नसकेको बताएका छन्। उनले कम्तिमा पाँच वर्ष एउटा सरकारले काम गर्न पाए देश समृद्धितर्फ अघि बढ्ने पनि बताए।
नेपालमा स्थायित्व नचाहने तत्त्वहरु अत्तालिएर वाम गठबन्धनका विरुद्ध अनेकन झुट्टा प्रचारबाजीमा उत्रेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।