काठमाडौं– पृथ्वी मल्लले पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा मल्लले विजयबहादुर श्रेष्ठलाई पछि पारेर उपाधि जितेका हुन्।
टासी छिरिङले ग्रोस्टतर्फको उपाधि जिते। रेखा घिमिरेले महिलातर्फको उपाधि जितिन्। गोपाल चित्रकारले सिनियर ट्रफी जिते। सद्भाव आचार्यले जुनियर, पवित्रकुमार कार्कीले क्लोजेस्ट टु पिन र फुन्सोक लामाले लङगेस्ट ड्राइभको ट्रफी हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।