कपिलवस्तु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर वाम गठबन्धनप्रति जनलहर देखेर कांग्रेस अत्तालिएको बताएका छन्।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीमा वाम गठबन्धनले शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै दाहालले वामपन्थीहरुको सरकार आए देशमा अधिनायकवाद आउँछ भन्नु कांग्रेसको पराजित मानसिकताको उपज भएको टिप्पणी गरे।
देशमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यस पटक वाम गठबन्धनको स्थायी सरकार बन्ने दाबी समेत गरे। उनले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताए।
कांग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै दाहालले स–साना पार्टीलाई एकीकरण गरी अब देशमा दुई वटा पार्टी मात्रै निर्माण गरिनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।