काठमाडौं- राप्रपा प्रजातान्त्रिकले सह-महामन्त्री समेत रहेका उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई कारबाही गर्दै सह-महामन्त्री पदबाट निस्कासन गरेको छ।
कमल थापा नेतृत्वको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको झापा क्षेत्र नम्बर ३ को चुनावी सभामा सहभागी भएको भन्दै लामालाई कारबाही गरेको हो।
लामालाई उद्योग राज्यमन्त्री पदबाट हटाउन पार्टीले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।
पार्टी अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरेका हुन्।
झापामा एमाले अध्यक्ष केपी ओली सहभागी भएको चुनावी सभामा सहभागी भएर लामाले लिङ्देनलाई समर्थन गरेको भन्दै पार्टीले यसअघि उनीमाथि कारबाहीको तयारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।