भीमदत्तनगर- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ स्थित बेलौरीमा शनिबार आयोजित चुनावीसभामा देउवाले कम्युनिस्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्ने भन्दै लोकतन्त्र रोज्ने कि अधिनायकवाद भनेर मतदातासँग प्रश्न गरे।
प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने कि अधिनायकवाद भन्ने निर्क्योल गर्न मतदातासँग आग्रह गरे।
'संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ' देउवाले भने।
प्रधानमन्त्री देउवाले कांग्रेसले जितेका ठाउँमा विकासको काम बाँकी नरहने समेत बताए।
'यसअघिको चुनावमा कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जितेकाले यहाँ विकासको खोला बगेको छ', उनले भने।
देउवाले यस क्षेत्रका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी रहेकोमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।