नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा अर्को सफलता हात पारेका छन्। नयाँ दिल्लीमा भइरहेको श्रीलंका विरुद्धको तेस्रो टेस्टमा विराटले टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका हुन्।
सन् २०११ मा वेस्ट इन्डिज विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका विराटले ६२ खेलमा १ सय ५ औं इनिङमा ५ हजार रन पूरा गरेका हुन्। विराटले श्रीलंकाविरुद्ध २९ रन प्रहार गरेपछि पाँच हजार रन पूरा गरेका हुन्।
उनी टेस्ट क्रिकेटमा पाँच हजार रन पूरा गर्ने एघारौं भारतीय खेलाडी खेलाडी बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।