गौशाला – दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थल संवेदनशील रहेको छ।
कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील रहेको र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ।
चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सात हजार ६०२ जना मतदाताले मतदान गर्ने भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।