राजविराज– तराई–मधेशमा २०७२ सालमा ६ महिनाभन्दा लामो आन्दोलन र मलेठ घटनालाई समेटेर तयार पारिएको वृत्तचित्र विमोचन गरिएको छ।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष श्रवणकुमार देवको अगुवाइमा बनेको वृत्तचित्र महासंघ सप्तरीमा शुक्रबार शहीद परिवारले विमोचन गरेको हो। ‘राज्य पक्षके दमने दमन’ नाम दिइएको वृत्तचित्रमा २०७२ सालको आन्दोलनमा सप्तरीसहित तराई–मधेसका जिल्लामा राज्य पक्षले गरेको भनिएको दमनका घटना समावेश गरिएको छ।
वृत्तचित्रमा देवसहित करुणा झाको स्वर छ। समीक्षक विष्णुकुमार मण्डलले वृत्तचित्र दस्तावेज भएको बताउँदै शहीद परिवारलाई राज्यले अहिलेसम्म उचित सम्बोधन गर्न नसकेको र नेताहरुले पनि यसैलाई भर्याङ बनाएर राजनीति गर्न खोजेको आरोप लगाए। वरिष्ठ पत्रकार अनिलकुमार अनलले वृत्तचित्रले आन्दोलनलाई ताजा राख्दै राज्य पक्षले गरेको दमनलाई प्रस्फुटन गरेको बताएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।